काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १५ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष २०८१।८२ को चैतसम्म कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ घाटा खाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको घाटा घटेको छ।
समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्री गरेर ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.७० प्रतिशतले बढेको छ।
चुक्तापुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७९ करोड ३२ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको रिटेन्ट अर्निङमा १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.१६ प्रतिशत ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८.९९ रुपैयाँ रहेको छ।












