काठमाडौं । भूराजनीतिक तनावले प्रमुख व्यापार मार्गहरु र दैनिक सञ्चालनमा बाधा पुर्याइरहेको छ। जसले गर्दा व्यवसायहरुले आपूर्ति शृंखला बीमामा बढी लगानी गरिरहेका छन्।
ग्लोबलडाटाले सन् २०२६ को दोस्रो त्रैमासमा भर्डिक्ट मिडिया साइटहरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणका क्रममा ४१.१ उत्तरदाताले भूराजनीतिक जोखिमसँग सम्बन्धित आपूर्ति शृंखला कभरेज सबैभन्दा बढी बढ्ने अपेक्षा गरेको प्रतिक्रिया दिए। सहभागीमध्ये २०.६ प्रतिशतले साइबर बीमा माग पनि बढ्ने बताए।
सर्वेक्षणमा बीमा उद्योगका सहभागीबाट १०७ प्रतिक्रिया प्राप्त गरेको थियो। सर्वेक्षण प्रतिवेदनअनुसार कम्पनीहरुले भौतिक सम्पत्तिमा सुरक्षा सीमित गर्नुको सट्टा अप्रत्यक्ष अवरोधहरुमा बढ्दो रुपमा ध्यान केन्द्रित गरिरहेका छन्। अवरुद्ध व्यापार मार्ग, साइबर आक्रमण र ठूला सञ्चालनमा फैलिएको आम्दानी घाटा अब शीर्ष चिन्ताहरुमध्ये एक हो।
ग्लोबलडाटाका प्रमुख बीमा विश्लेषक बिट्रिज बेनिटोका अनुसार कम्पनीहरुले विशेषगरी व्यवसायहरु सञ्चालनमा राख्नमा केन्द्रित छन्। ‘किनकि भूराजनीतिक जोखिमहरु व्यवस्थापन गर्न गाह्रो हुँदै गइरहेको छ’, उनले भने, ‘मध्यपूर्व र पूर्वी युरोपमा द्वन्द्वहरुले सुएज नहर र होर्मुज जलमार्गमार्फत अन्तर्राष्ट्रिय ढुवानीमा दबाब बढाएको छ। धेरै कम्पनीले पहिले नै कार्गोको मार्ग परिवर्तन गर्न र अन्य समुद्री कोरिडोरहरुको अन्वेषण गर्न थालेका छन्।
व्यापार सञ्जालहरु पनि अमेरिकी नीतिमा परिवर्तनहरु (ट्यारिफ र निर्यात प्रतिबन्ध)बाट दबाबमा छन्। बीमा कम्पनीहरु आफैँ पनि परिवर्तनशील जोखिम परिदृश्यमा अनुकूलन गर्न संघर्ष गरिरहेका छन्। कभरेजको माग बढ्दै जाँदा, केही क्यारियरहरुले क्षमता घटाइरहेका छन् वा उत्पादन फिर्ता लिइरहेका छन्। किनकि उनीहरुलाई भूराजनीतिक जोखिमहरुको मूल्य निर्धारण गर्न गाह्रो भइरहेको छ।
बेनिटोले बजारमा रहन खोज्नेहरुले नीतिगत अवस्था, शुल्क र प्रतिबन्धसँग सम्बन्धित छुटका साथै एकल घटनाबाट ठूलो क्षतिको सम्भावनाविरुद्ध तनाव परीक्षण उत्पादनहरु कडा बनाउन आवश्यक पर्ने सुझाव दिए। रियल टाइम भूस्थानिक ट्रयाकिङ पनि जोखिम मूल्यांकन गर्न र अन्डरराइटिङ निर्णयहरुमा सहयोग गर्न बढ्दो रुपमा प्रयोग भइरहेको छ। –एजेन्सी












