IME Life New

जेनजी आन्दोलनः आजको शेयर कारोबार स्थगत गर्न ब्रोकरको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनलाई ध्यानमा राखेर आज मंगलबारको शेयर कारोबार स्थगन गर्न ब्रोकरहरुले अपिल गरेका छन्।

जेनजी आन्दोलनलाई नियन्त्रण काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भुक्तापुर प्रशासनले आज बिहानैबाट कर्फ्यु आदेश जारी गरेका छन्। यो असहज अवस्थामा शेयर कारोबार स्थगन गर्न ब्रोकरहरुले आग्रह गरेका हुन्।

Esewa
Crest

‘दोस्रो बजारमा शेयर कारोबार गराउने ब्रोकर साथीहरु एवं लगानीकर्ता महोदयहरु भ्रष्टचार र कुशासनको विरोधमा युवाहरुले ज्यान आहुती दिँदैछन्, सरकार कर्फ्यु लगाउँदैछ, कर्फ्युले आवगमन विच्छेद छ’, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नं. ५०)का अध्यक्ष प्रियराज रेग्मीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘यसै पनि हाम्रो कारोबार र राफसाफको चक्र चल्न सहज छैन।’

यस घटनाले सारा देशवासी, बुवा–आमा, दाजु–भाइ दिदी–बहिनी विक्षिप्त रहेको रेग्मीले उल्लेख गरेका छन्। ‘व्यावसायिक जगत निराश छ’, उनले लेखेका छन्, ‘यो विषम परिस्थितिमा साहदत्त हुनुहुने वीर युवा सहिदहरुलाई श्रद्धाञ्जलि अर्पण तथा शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै यसको विरोधस्वरुप हामीले आज हुने शेयर कारोबार स्थगन गर्न अपिल गरौँ।’

यस कार्यको संयोजन गर्न स्टक बोकर्स एसोसिएसन अफ नेपाललाई रेग्मीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS