IME Life New

जेनजी आन्दोलनः सबैभन्दा बढी बीमा दाबी सम्पत्ति क्षतिमा, अन्य क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट सबैभन्दा बढीमा दाबी सम्पत्तितर्फ परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक ९ गतेसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १८७ वटा दाबी परेको छ। यी दाबीको कम्पनीहरुले २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार सबैभन्दा धेरै रकमको दाबी सम्पत्तितर्फ परेको छ। कम्पनीहरुले सम्पत्तितर्फ ६७३ वटा दाबीको १९ अर्ब १ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले २ अर्ब २७ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

यसैगरी दोस्रो धेरै रकमको दाबी मोटर बीमातर्फ परेको छ। कम्पनीहरुले २ हजार २७० वटा दाबीको ३ अर्ब ४४ करोड २५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक अनुमान छ। हालसम्म कम्पनीहरुले ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको ३६ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले ४ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

त्यस्तै कम्पनीहरुले परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६६ लाख रुपैयाँ र अन्य बीमातर्फ ४० दाबी ३८ करोड ७१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। हालसम्म कम्पनीहरुले अन्य बीमातर्फ २२ लाख ८२ हजार भुक्तानी गरिसकेका छन् भने परिवहनतर्फ भुक्तानी गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS