IME Life New

जेनजी आन्दोलनः बढ्दै क्षतिग्रस्त बीमांकृत सम्पत्तिको दाबी, रु. २३.३९ अर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका बीमांकृत सम्पत्तिको बीमा दाबी बढ्दै गएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आज असोज ८ गतेसम्मको तथ्यांकअनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएका आगजनी र तोडफोडबाट भएको क्षतिमा १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बढीको दाबी परेको परेको हो। यो रकम कम्पनीहरुमा परेका २ हजार ९८८ वटा दाबीको हो।

Esewa
Crest

सबैभन्दा बढी रकमको दाबी सिद्धार्थ प्रिमियरमा परेको छ। यो कम्पनीले ३०७ वटा दाबीको ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने तथ्यांकले देखाएको छ।

दोस्रो धेरै रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ। यो कम्पनीले ८६ वटा दाबीको ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

यसैगरी तेस्रोमा आइजीआई प्रुडेन्सियलले २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ बीमा दाबीबापत भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कम्पनीमा १९६ वटा दाबी परेको छ।

शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब २३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा १ अर्ब १२ करोड ४३ लाख रुपैयाँ बढी रकमको दाबी परेको छ। तथ्यांकअनुसार शिखर इन्स्योरेन्समा ३९७ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२२ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २६१ वटा र नेको इन्स्योरेन्समा २२९ वटा दाबी परेको छ।

प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीमा ९० करोड ६८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ८४ करोड ४४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५३ करोड २० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ५१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४८ करोड २ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा २० करोड ४९ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८९ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।

उता लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा १ करोड १५ लाख रुपैयाँ, स्टार माइक्रोमा ७२ लाख ३८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ लाख ५० हजार रुपैयाँबराबरको बीमा दाबी परेको छ।

क्षेत्रगत हिसाबमा

क्षेत्रगत हिसाबले हेर्ने हो भने सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी गरेको छ। सम्पत्ति बीमातर्फ कम्पनीहरुले ५९४ वटा दाबीको १९ अर्ब ३ करोड २८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

यसैगरी कम्पनीहरुले मोटर बीमातर्फ २ हजार २०९ वटा दाबीको ३ अर्ब ६५ करोड ४ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ १४४ वटा दाबीको ३४ करोड ७२ लाख रुपैयाँ, अन्य बीमातर्फ ३० वटा दाबीको ३४ करोड ६६ लाख रुपैयाँ र परिवहन बीमातर्फ ११ वटा दाबीको १ करोड ५५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS