IME Life New

जेनजीले तयार पारे अन्तरिम अधिकार संरचना, के-के छन् व्यवस्था ? (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजीले अन्तरिम अधिकार संरचना तयार पारेका छन्।

अन्तरिम अधिकार संरचनामा अन्तरिम संरचना, आधारभूत सर्तहरु, चुनावका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक, विशेष तदर्थ न्यायाधीकरण, जनतासँग पारदर्शी सञ्चार, कानुनी र संवैधानिक आधार र तदर्थ न्यायाधिकरण गठनसँग सम्बन्धित विषयवस्तु समेटिएको छ।

Esewa
Crest

यसैगरी प्रस्तावित संरचनामा भ्रष्टाचार र शक्तिको दुरुपयोगका लागि तदर्थ न्यायाधीकरण, स्वतन्त्र छानबिन निकायको गठन, कानुन र व्यवस्थाजस्ता विषय पनि समेटिएका छन्।

जेनजीले दशकौंदेखिको असह्य भ्रष्टाचार व्याप्त शासन प्रणालीको अन्त्यको माग गर्दै समग्र रुपमा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धताका साथ आन्दोलनमा उत्रिएको जनाएका छन्। ‘हाम्रो यो आन्दोलनमा विनाशका लागि होइन जबाफदेहीता, पारदर्शीता र न्यायका लागि हो’, प्रस्तावित संरचनामा भनिएको छ।

जेनजीले आन्दोलनसँग भएका आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक गतिविधिको निन्दा गरेका छन्। ‘यस्ता कार्यमा संलग्न व्यक्तिहरुले हाम्रो र हाम्रो पुस्ताको प्रतिनिधित्व गर्दैन’, उनीहरुले भनेका छन्, ‘उनीहरुले हाम्रो आन्दोलनको गरिमामाथि प्रहार गरेका छन् र उनीहरुलाई कानुनसम्मत पहिचान गरी न्यायको कठघरामा उभ्याई पारदर्शीता एवं जबाफदेहीता कायम गर्नुपर्छ।’

आफूहरुको पुस्ता नयाँ नेपालको पक्षमा रहेको जेनजीले स्पष्ट पारेका छन्। ‘जुन इमान्दारिता, निष्पक्षता र लोकतान्त्रिक जबाफदेहीतामा आधारित हुनेछ’, जेनजीले भनेका छन्, ‘हामी अराजकता होइन, परिवर्तनको माग गर्न उठेका हौँ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

10%
sad

दु :खी

1%
amazed

अचम्मित

5%
excited

उत्साहित

1%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS