IME Life New

बेपरवाह मानसिकताका कारण बीमा जालसाजीमा जेनजीको संलग्नता ज्यादैः सर्भे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा ३४ वर्षभन्दा कम उमेर समूहका युवा पुस्ता बीमा ठगीमा बढी सक्रिय रहेको पाइएको छ।

जर्जिया विश्वविद्यालयको नयाँ अनुसन्धानले यस्तो देखाएको हो। ‘जति कम उमेरको हुन्छ, आफूले खोजे जतिको पैसा वा इच्छाएको नतिजा प्राप्त गर्न कम्पनी वा रोजगारदातालाई धोका दिने सम्भावना त्यति नै बढी हुन्छ’, अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘तर, केही ठगी गर्नेहरुलाई आफूले अपराध गरिरहेको भन्ने ज्ञात नै हुँदैन।’

Esewa
Crest

विशेषगरी युवाहरुको बीमा कम्पनीहरुसँग शत्रुतापूर्ण सम्बन्ध रहने गरेको प्रतिवेदनमा उल्लेख छ। यूजीए कलेज अफ फेमिली एन्ड कन्जुमर साइन्सेजकी प्रमुख लेखक र प्रोफेसर एमेरिटा ब्रेन्डा कुडेले भनिन्, ‘यदि युवालाई परिस्थितिमा बाँधिएको छ कि जहाँ उनीहरुलाई लाग्छ कि आफूले भिड्नुपर्छ। यसले युवाहरुलाई कल्पनै गर्न नसकिने हर्कततर्फ उक्साउन सक्छ। खासगरी प्रविधिको प्रयोगबाट गरिने हर्कतबारे उनीहरुलाई चेत नै हुँदैन कि यो प्राविधिक रुपमा गैरकानुनी हो वा यसको परिणाम नकारात्मक हुन सक्छ।’

अनुसन्धानकर्मीहरुले बीमा दाबीहरुमा युवा पुस्ताको विचार बुझेका थिए। सर्भेक्षणमा लगभग १ हजार ५०० युवालाई सहभागी गराइएको थियो। सर्भेमा सहभागी युवा पुस्ताका ५ जनामध्ये २ जना बीमा ठगीका बारेमा चिन्तित देखिएनन्।

सर्भेक्षणमा सहभागीहरुलाई यो पनि सोधिएको थियो कुनै पनि अपराध गर्ने कसैलाई चिन्छन्। २५ देखि ३४ वर्ष उमेरका ५ जनामध्ये २ जना उत्तरदाताले भने, ‘परिस्थितिजन्य अवस्थाहरुमा ठगी गर्नु वा गैरकानुनी हर्कत गर्नु स्वाभाविक नै हो जस्तो लाग्छ।’

सहभागीहरुले बीमा ठगीलाई पैसा बचत गर्ने वा कठिन परिस्थितिबाट साथीलाई मद्दत गर्ने तरिकाका रुपमा वर्णन गरे। ‘उमेर धेरै महत्वपूर्ण छ। यसको एउटा अंश युवाहरुले बीमा कम्पनीहरुबारे कसरी बुझ्छन् भन्ने हुन सक्छ’, कुडेले भनिन्, ‘उनीहरु सोच्छन् कि यदि मैले ठगी गरेँ भने म कसैलाई हानि गरिरहेको छैन।’

युवा पुस्ताको बढी गैरजिम्मेवार मनोवृत्तिले बीमा ठगीमा संलग्न हुने उनीहरुको इच्छालाई प्रभावित पार्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

मिलेनियल र जेनजीले गम्भीर परिणामहरु देखेपछि मात्र बीमा ठगीका बारेमा आफ्नो विचार परिवर्तन गरेको प्रतिवेदनमा जनाइएको छ।

‘उनीहरुका कार्यले छिटो र व्यापक क्षति निम्त्यायो वा स्वयंले नराम्रो महसुस गरे भने पनि पछि हट्ने सम्भावना रहन्न’, कुडेले भनिन्, ‘आजको युवा पुस्ताको नैतिकतासँग कमजोर सम्बन्ध हुन सक्छ र उनीहरुको नैतिकताको संहिता परिस्थितिगत छ। यदि उनीहरुलाई थाहा छ कि गलत गरिरहेका छन् भने पनि उनीहरुलाई कार्य गर्न कुनै समस्या छैन। किनकि उनीहरुलाई लाग्छ कि उनीहरु ठगिएका छन् र उनीहरु सही छन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS