IME Life New

जीडी फर्मास्युटिकल्सले आइपीओ ल्याउने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीडी फर्मास्युटिकल्सले आइपीओ ल्याउने भएको छ। आइपीओ ल्याउने प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारणसभा पनि आह्वान गरेको छ।

कम्पनीको विशेष साधारणसभा आउँदो असार १ गते डाकिएको छ। सभा काठमाडौंस्थित कम्पनीको रजिस्टर्ड कार्यालय बिहान ८ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सोही सभाले कम्पनीको सर्वसाधारणका लागि आइपीओ ल्याउने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको पुँजी वृद्धि गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले कम्पनीको दायित्व समायोजन गर्न शेयर बिक्री तथा बाँडफाँट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त सुझाव तथा निर्देशन कार्यान्वयन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS