IME Life New

गरिमा विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर र पिपलको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। देशका ६ विभिन्न धार्मिक र पर्यावरणीय महत्वका स्थलमा कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।

कास्कीको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छायाँक्षेत्र शिव मन्दिर परिसर तथा दाङको मोतिपुर पुल क्षेत्रमा वृक्षारोपण गरिएको हो।

Esewa
Crest

कार्यक्रममा बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी, शेयरधनी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

बैंकले बर र पिपलको वृक्षारोपण केवल वातावरण संरक्षणका लागि मात्र नभई, धार्मिक आस्थासँग जोडिएको सम्पदा संरक्षण र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणका लागि महत्वपूर्ण प्रयासको रूपमा लिएको जनाएको छ।

गरिमा विकास बैंकले दीगो विकास, हरित वातावरण प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई संस्थागत रणनीतिको हिस्सा बनाउँदै यस्तो कार्यक्रमलाई नियमितता दिँदै आएको छ। धार्मिक र जैविक विविधताको सम्मान गर्दै गरिएका यस्ता गतिविधिले स्थानीय समुदायमा चेतना जागृत गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS