IME Life New

आरजुले पोखरामा बगैँचा रिसोर्टको उद्घाटन गरिरहँदा खरानी बन्यो गैंडाकोटको बगैँचा रिसोर्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पोखरा लेकसाइडमा बगैँचा रिसोर्ट एण्ड स्पाको उद्घाटन गरिरहँदा गैँडाकोटको बगैँचा एडभेन्चर रिसोर्ट खरानी बनेको छ।

परराष्ट्रमन्त्री देउवाले बुधबार यो लेकसाइडको होटलको उद्घाटन गरेकी हुन् । गण्डकी प्रदेश मन्त्री विन्दुकुमार थापा अध्यक्ष रहेको अंशुभरा ग्रुपले ७० करोड रूपैयाँको लगानीमा बगैँचा रिसोर्ट एण्ड स्पा नामक तारे होटल सञ्चालनमा ल्याएको हो।

Esewa
Crest

परराष्ट्रमन्त्री देउवाले उद्घाटन गरेको नामसँग मिल्दोजुल्दो नाम भएको नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा न ११ मा रहेको बगैँचा एडभान्चर रिसोर्टको पार्टी प्यालेसमा बुधबार बिहान भिषण आगलागीको घटना भयो । आगलागीमा ५ सय मानिस अटाउने क्षमता भएको रिसोर्टको मुख्य सभा हल जलेर खरानी भएको छ। विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिए पनि यकीन हुन सकेको छैन।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउँदासम्म होटलको संरचनामा ठूलो क्षति भइसकेको थियो। यो होटलका सञ्चालक सन्तोष धितालले ९ वर्षको निरन्तरको मिहिनेतपछि डेढ वर्ष अघि रिसोर्ट सञ्चालनमा ल्याएका थिए । आगलागीमा रिसोर्टको सेमिनार हल र रेष्टुरेण्ट क्षति पुगेपनि पर्यटक आवास भवन तर्फको भाग भने आगलागीबाट सुरक्षित रहेको छ।

प्रदेश मन्त्री थापाको लगानी रहेको लेकसाइडमा चार रोपनी क्षेत्रफलमा फैलिएको बगैँचा रिसोर्ट एण्ट स्पामा ३२ वटा कोठा, चार प्रकारका लक्जरी सुइट (स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैँचा सुइट) रहेका छन् । यी कोठाहरूको दैनिक मूल्य १५० डलरदेखि ३५० डलरसम्म रहेको रिसोर्टका सञ्चालक सौगात थापाले जानकारी दिए ।

तस्वीर श्रोतः इभेण्ट पोखरा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS