IME Life New

गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवराज–६, कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा लि मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अगाडि बढेको छ।

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईँकै नेतृत्वमा यो नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको हो। अध्यक्ष चौलागाईँसँगै हाल अमेरिकामा १५ बर्ष देखि निर्माण र अन्य विभिन्न व्यवसायमा संलग्न रहेका एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न पेशा र व्यवसायमा सक्रिय शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित सहकार्य थालेका छन्।

Esewa
Crest

विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई अब पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित कार्ययोजना अघि बढाइएको कम्पनीका अध्यक्ष चौलागाईँले बताए । उनका अनुसार कम्पनीले निकट भविष्यमा “विनायक”, “गणपति” लगायतका नँया सिमेन्टको ब्रान्ड उत्पादन गरी नेपालको प्रमुख–प्रमुख शहरहरूमा बजार विस्तार गर्ने तयारी गरिरहेको छ।

अध्यक्ष चौलागाईँले भने, “नेपालमा निर्माण र पूर्वाधार विकासका क्षेत्रमा देखिएका चुनौतीबीच पनि हामीले गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याई देशको निर्माण क्षेत्रमा योगदान पुर्‍याउने दृढ संकल्प लिएका छौं। नयाँ लगानीकर्ता समूहको प्रवेशपछि कम्पनीले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी सिर्जना र देशको निर्माण क्षेत्रको माग पूरा गर्न निरन्तर काम गर्नेछ।”

उद्योगको पुनः सञ्चालनसँगै कपिलवस्तु तथा आसपासका क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने, स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने र देशको निर्माण उद्योगमा स्वदेशी ब्रान्डको योगदान थप सशक्त हुने कम्पनीको विश्वास छ।

गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा लि ले भविष्यमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजनासमेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS