IME Life New

बाढीपीडितको उद्धारमा गजेन्द्रमोक्ष संस्कृत परिषद्को १ लाख ५ हजार सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष संस्कृत परिषद्ले १ लाख ५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

अनन्त विभूषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा रहेको परिषद्ले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

Esewa
Crest

परिषद्को यो पहलले धार्मिक तथा आध्यात्मिक संस्थाहरूले पूजा अनुष्ठानसँगै विपद् व्यवस्थापन, मानवीय सेवा र सामाजिक उत्तरदायित्वमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ ।

परिषद्ले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यले अघि बढाएको अभियानप्रति संस्थागत ऐक्यबद्धता जनाउँदै सहयोग रकम प्रदान गरेको स्वामी वासुदेव प्रपन्नाचार्यले जानकारी दिए ।

‘यस दैविक प्रकोपको चपेटामा प्रभावित भएका नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा राज्यलाई सहयोग गर्नु हामी सबै देशवासीको परम कर्तव्य हो ।’, परिषद्का अध्यक्ष सुदर्शन प्रपन्नाचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय संकटको यो विषम परिस्थितिमा सरकारको आलोचना, टिकाटिप्पणीभन्दा माथि उठी राष्ट्रिय एकता, समन्वय, सहकार्यमार्फत मानवीय संवेदनाको रक्षा गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पूरा गर्न परिषद्ले सबैलाई आग्रह गरेको छ ।

‘सेवा नै धर्म हो’ भन्ने मूल भावनासहित गरिएको यो सहयोगलाई परिषद्ले मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धताका रूपमा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS