IME Life New

आ.व. २०८३/८४ को मौद्रिक नीतिका भावी मार्गदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाह्य दबावका कारण मुद्रास्फीतिमा केही चाप परेको भए तापनि आगामी महिनादेखि यसको दबाव कम हुँदै जाने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ । आज आर्थिक वर्ष २०८३ /८४ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

मुद्रास्फीतिको दबाव विस्तारै सहज हुने देखिएकोले आगामी वर्षं समग्र मूल्यस्थिति बैंकले अनुमान गरेको सीमा भित्र नै रहने देखिएको राष्ट्र बैंकको भनाई छ ।

Esewa
Crest

मुद्रास्फीतिमा दबाव बढ्दै गएमा एवम् यथेष्ट तरलता सहितको न्यून लागत अर्थतन्त्रबाट सार्वजनिक एवम् निजी क्षेत्रले अपेक्षित लाभ लिन नसकेमा एवम् समष्टिगत आर्थिक स्थायित्वमा चुनौती देखिन थालेमा मौद्रिक नीतिको कार्यदिशामा पुनराबलोकन गरिनेछ र विद्यमान व्याजदर करिडोरलाई आवश्यक्तानुसार क्रमशः साँघुरो बनाउँदै लगिने जनाएको छ ।

राष्ट्र बैंकका समष्टिगत विवेकशील नियमनका औजारहरुलाई अत्यावश्यक अवस्थामा बाहेक परिमार्जन नगरिने नीति लिइनेछ । यसबाट नीतिगत स्थिरता कायम भई बजारको अपेक्षा व्यवस्थित हुँदै जाने आँकलन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS