IME Life New

आजबाट गभर्नर विश्व पौडेलको हस्ताक्षर रहेको रु. ५०० को नयाँ नोट प्रचलनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ३ गतेबाट बजारमा ५०० रुपैयाँ अंकित दरका नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ।

केन्द्रीय बैंकले ५०० रुपैयाँ दरको साविककै आकार तथा रङमा संकेत नं. झ३८–०००००१ देखि छ८३–९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ एक सय तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ बैंक नोट प्रचलनमा ल्याएको हो।

Esewa
Crest

के–के छन् विशेषता ?

नोटको अग्रभागमा

  • नोटको बायाँतर्फ सगरमाथा हिमाल र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। तल्लो खण्डमा सिरिज ‘वि.सं. २०८२’ लेखिएको छ। साथैै, पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेका छन्।
  • सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ।
  • नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
  • नोटमा ३.५ मिमी चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको छ।

नोटको पृष्ठ भागमा

  • नोटको मध्य खण्डमा पाटेबाघको चित्र र सोको माथि अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ।
  • नोटको तल्लो खण्डमा अंग्रेजीमा ‘रुपिज फाइभ हन्ड्रेड’ लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS