IME Life New

पहिलो कारदेखि पुरानो स्कुटरसम्मको नम्बर ‘१२०६’, लक्की नम्बर बन्यो पूर्वमुख्यमन्त्रीका लागि सबैभन्दा अनलक्की

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाका कारण यतिबेला सम्पूर्ण भारत स्तब्ध छ। यस विमान दुर्घटनामा २६५ जनाको मृत्यु भयो।

यो विमान अहमदाबादबाट लन्डन जाँदै थियो। जसमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानी पनि सवार थिए। उनी आफ्नी श्रीमती र छोरीलाई भेट्न जाँदै थिए।रुपानीको मृत्युको मिति जुन १२ अर्थात १२–०६ सँग सम्बन्धित संयोग प्रकाशमा आएको छ।

Esewa
Crest

पूर्वमुख्यमन्त्री रुपानीले यो नम्बरलाई आफ्ना लागि निकै भाग्यशाली ठान्थे। ‘१२०६’ नम्बर उनका लागि यति विशेष थियो कि उनको सवारीसाधनहरुको नम्बर पनि सुरुदेखि नै उस्तै रह्यो। तर बिहीबार यो नम्बर उनको लागि अशुभ साबित भयो।

रुपानीको पहिलो कार र वर्षौं पुरानो स्कुटर दुवैको एउटै नम्बर १२०६ थियो। आज पनि यो कार र स्कुटर उनको घरबाहिर पार्क गरी राखिएको छ। तर, संयोगवश बिहीबार पनि १२–०६ थियो, जुन उनको जीवनको अन्तिम दिन बन्यो।

विमान दुर्घटनाको खबर पाउने बित्तिकै रुपानीको घर वरिपरि मौनता छायो। छिमेकीहरुले उनको घर नजिकै रहेको मन्दिरमा प्रार्थना गर्न थाले। हाल रुपानी परिवारबाट कुनै बयान आएको छैन र घरमा कोही पनि उपस्थित छैनन्।

प्रत्यक्षदर्शीका अनुसार उडान भरेको केही मिनेटपछि विमानले उचाइ गुमायो र पहिले बी.जे. मेडिकल कलेजको मेस भवनमा ठोक्कियो। त्यसपछि विमान नजिकैको अतुल्यम होस्टेलमा पनि ठोक्कियो। जहाँ वरिष्ठ आवासीय डाक्टरहरु बस्थे। ठोक्किनेबित्तिकै यी भवनमा आगो लाग्यो र धेरै मानिस गम्भीर घाइते भए। सेना, नगर निगम र चिकित्सा टोली दिनरात राहात कार्यमा संलग्न छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

83%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS