IME Life New

पराजयबाट प्रगतिको शिखरसम्मः जापानबाट सिक्नुपर्ने कुराहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोस्रो विश्वयुद्धको अन्त्यसँगै ध्वस्त भएको जापानलाई धेरैले कहिल्यै उठ्न नसक्ने राष्ट्र ठानेका थिए। सन् १९४५ मा हिरोशिमा र नागासाकीमा परमाणु बम प्रयोग हुँदा लाखौँ मानिसको ज्यान गयो। दुई सहर पूर्ण रुपमा ध्वस्त भए।

त्यससँगै जापानको उद्योगधन्दा, यातायात, पूर्वाधार र प्रशासनिक संरचना लगभग ठप्प भयो। खेतीयोग्य जमिन र आपूर्ति श्रृंखलामा आएको अव्यवस्थाले खाद्यान्न संकट गहिरियो। आर्थिक दृष्टिले जापान शून्यमा झर्यो भने सामाजिक रूपमा बेरोजगारी, भोकमरी र अशान्ति हावी भयो।

Esewa
Crest

आत्मसमर्पणसँगै केवल सैन्यशक्तिमात्र होइन राजनीतिक, सामाजिक र सांस्कृतिक आत्मसम्मानमै गम्भीर धक्का पुग्यो। तर, यिनै कठिन परिस्थितिबाट जापानले उठेर दुई दशकमै संसारलाई चकित पार्ने ‘आर्थिक चमत्कार’ प्रदर्शन गर्यो।

सन् १९४७ को नयाँ संविधानमार्फत शान्तिवादलाई आत्मसात गर्दै जापानले आफ्नो ध्यान पूर्ण रुपमा पुनर्निर्माणमा केन्द्रित गर्यो। आधारभूत पूर्वाधार निर्माण, शिक्षा सुधार, प्रविधिमा लगानी र दिगो औद्योगिकीकरण जापानको पुनर्जागरणका प्रमुख आधार बने। रक्षा खर्च घटाएर मानव विकास र उत्पादनक्षमतामा जोड दिइयो।

यसै अवधिमा जापानी समाजले उच्च अनुशासन, कडा परिश्रम र गुणस्तरीय सीपलाई प्राथमिकतामा राख्यो। विशेषगरी निजी क्षेत्रले राष्ट्र निर्माणमा उल्लेखनीय योगदान दियो। कम्पनीहरूले नयाँ प्रविधि विकास, गुणस्तरीय उत्पादन र निर्यात विस्तारमा सरकारसँग हातेमालो गर्दै जापानलाई आत्मनिर्भर बनाउन सहयोग गरे। सरकार र निजी क्षेत्रबीचको सहकार्यले निर्यातमुखी उद्योग विस्तारलाई सहज बनायो।

फलस्वरुप सन् १९६० देखि ८० को दशकसम्म जापान इलेक्ट्रोनिक्स, मोटर, स्टिल र जहाज निर्माणमा विश्व बजारको नेतृत्वमा पुग्यो। ‘मेड इन जापान’ भन्ने शब्द गुणस्तर र विश्वासको पर्याय बन्दै गयो। आजको दृष्टिमा हेर्दा दोस्रो विश्वयुद्धपछिको जापानको पुनरुत्थान केवल अर्थतन्त्रको पुनर्निर्माण मात्र होइन, राष्ट्रको आत्मबल, दृढता र निरन्तर सुधार (प्बष्शभल) संस्कृतिको प्रतिबिम्ब थियो।

जापानले पराजयलाई अवसरमा बदल्दै विश्व इतिहासमा दुर्लभ उदाहरण प्रस्तुत गर्यो। आजको जापान विश्वका लागि एउटा प्रेरणा हो— पराजयलाई अवसरमा बदल्न सकिन्छ भन्ने प्रमाण। यो सन्देश नेपालजस्ता मुलुकका लागि अझै महत्वपूर्ण छ।

हामी नेपालीले पनि जापानबाट सिक्नुपर्छ— अनुशासन, परिश्रम, प्रविधिमा लगानी, निजी क्षेत्रसँगको सहकार्य र ‘एकजुट भएर अघि बढ्ने भावना’ अपनाए मात्र राष्ट्र निर्माण सम्भव हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

50%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS