IME Life New

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फ्रान्सले नाबालिगको डिजिटल सुरक्षाका लागि ठूलो कदम चालेको छ। फ्रान्सको राष्ट्रियसभाले सोमबार १५ वर्ष मुनिका बालकालिका लागि सामाजिक सञ्जालको प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने कानुनलाई स्वीकृत गरेको हो।

यो प्रतिबन्ध अनलाइन बुलिङ, हिंसा र मानसिक स्वास्थ्यसँग सम्बन्धित खतरालाई मध्यनजर गरी लगाइएको फ्रान्सेली सरकारले जनाएको छ। नयाँ कानुनले १५ वर्ष मुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक र स्न्यापच्याटजस्ता सोसल मिडिया प्लेटफर्मको प्रयोगम प्रतिबन्ध लगाइएको छ। नयाँ कानुनमा बालबालिकालाई अनलाइन सुविधा प्रदान गर्ने सोसल नेटवर्किङ फिचरमा पनि प्रतिबन्ध लगाइएको छ।

Esewa
Crest

यो प्रबिन्ध नाबालिगलाई डिजिटल नोक्सानीबाट बचाउन लगाइएको बताइएको छ। फ्रान्सेली राष्ट्रपति इम्युनुएल म्याक्रोले पहिला पनि सोसल मिडियाहरु युवाहरुमा बढ्दा हिंसा र आक्रामक व्यहारका लागि जिम्मेवार रहेको बताएका थिए। उनले अस्ट्रेलियाली मोडल अपनाउन सुझाव दिँदै आएका थिए।

अस्ट्रेलियामा पनि गत डिसेम्बरबाट १६ वर्ष मुनिका बालकालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS