IME Life New

चारवटा वाणिज्य बैंकको लाभांश प्रस्ताव, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ का लागि हालसम्म चारवटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। हाल लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सिजिन्स बैंक, सानिमा बेंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक रहेका छन्।

सिटिजन्स बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज भने गरेको छैन।

Esewa
Crest

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले बोनस शेयर नदिई नगदमात्रै दिने निर्णय गरेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज भने गरेको छैन।

त्यस्तै एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बेंकले पनि साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेको छैन्।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले साधारणसभा समेत सम्पन्न गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

43%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS