IME Life New

भारतीय बीमा नियामकमा पूर्व वित्त सचिव सेठको नियुक्ति, नेपालले सिक्नुपर्ने पाठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको अध्यक्ष पदमा अर्थ मन्त्रालयका पूर्व वित्त सचिव अजय सेठले नियुक्ति पाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको मन्त्री परिषदको नियुक्ति समितिले बुधबार पूर्व सचिव ६० वर्षिय अजय सेठको नियुक्ति गर्ने निर्णय गरेको हो।

Esewa
Crest

कर्नाटक क्याडरका १९८७ ब्याचका भारतीय प्रशासनिक सेवा अधिकारी सेठले गत जुन महिनाको अन्त्यमा अर्थ मन्त्रालयबाट अनिवार्य अवकाश प्राप्त गरेका थिए।

प्राधिकरणका निवर्तमान अध्यक्ष देवाशिष पाण्डाले मार्च १३ मा अध्यक्षको रूपमा आफ्नो तीन वर्षे कार्यकाल पुरा गरेपछि यो पद रिक्त रहेको छ।

सेठले सोमबार पदभार सम्हाल्ने संभावना रहेको एशियन इन्स्योरेन्स पोष्टले उल्लेख गरेको छ।

सेठले कर्नाटक राज्यको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड़कीबाट मेकानिकल इन्जिनियरिङमा बी टेक र मनिलाको एटेनियो डे मनिला विश्वविद्यालयबाट एमबिए तहको शैक्षिक योग्यता हासिल गरेका छन् ।

कर्नाटक राज्यको व्यवसायीक कर प्रशासनलाई रूपान्तरण गर्ने कामको लागि उनले सन् २०१३ मा सार्वजनिक प्रशासनमा उत्कृष्टताको लागि प्रधानमन्त्री पुरस्कार प्राप्त गरेका थिए।

सेठले सन् २०४७ सम्ममा सबैका लागि बीमा भन्ने महत्वकांक्षी सरकारी लक्ष्य पुरा गर्नका लागि आवश्यक नीतिगत सुधार  वृद्धि एजेन्डा लिएर मैदानमा उत्रने अपेक्षा गरिएको छ।

सरकारले लामो कार्यकाल सेवा गर्न सक्ने अर्थात पहिलो कार्यकाल सकिए पछि पुनः नियुक्त गर्न सकिने उमेर हदलाई ध्यानमा राख्दै सेठलाई छनोट गरेको हो।

वित्त क्षेत्रको नियमनका लागि महत्वपूर्ण जिम्मेवारी प्राप्त निकायमध्ये बीमा प्राधिकरणको नेतृत्व आलाकाँचा व्यक्तिको काँधमा दिनु हानिकारक हुने भएकाले भारतमा अनुभवी र पूर्व प्रशासकलाई चयन गरिएको छ।

नेपालमा राजनीतिक दलहरूको भागबण्डाका कारण अयोग्य व्यक्ति नियुक्ति गरिएपछि नियुक्ति गरिएको ४ महिना नबित्दै अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । उनले नियुक्तिका लागि पेश गरेको योग्यता सम्बन्धि विवरण बीमा क्षेत्रसँग सम्बन्धित विज्ञता नभएको र उच्च व्यवस्थापकीय तहमा समेत उनीसँग कामको अनुभव नभएकाले सरकारी छानबिन समितिले उनको पक्षमा राय दिने संभावना न्यून छ।

प्राधिकरणको विज्ञ सदस्य पदमा समेत बीमा क्षेत्रसँग टाढाको समेत सम्बन्ध नभएको र तोकिएको योग्यता नै नपुगेको राधा कुमारी पोखरेललाई अर्थमन्त्री विष्णु पाैडेलले नियुक्त गरेका थिए। योग्यताको विषयमा प्रश्न उठेपछि स्वास्थ्य अवस्थाको कारण जनाउँदै पोखरेल प्राधिकरण सञ्चालक समितिबाट बाहिरिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS