काठमाडौं । पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।
उनी केपी ओली नेतृत्वको गठबन्धन सरकारमा नेपाली काँग्रेसबाट उर्जामन्त्री रहेका थिए।
भदौ २४ मा प्रदर्शनकारीले उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । उनीमाथि पानीपोखरीस्थित स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।












