IME Life New

काठमाडौंको पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदाै २३ गते भएको जेनजी आन्दोलनका क्रममा जिल्लाको प्रशासकीय कमाण्ड सम्हालेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए ।

Esewa
Crest

काठमाडाैं उपत्यका प्रहरी कार्यालयका अनुसार, उनलाई सुविधानगरबाट पक्राउ गरिएको हो।

बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै उनीमाथि कारवाहीको दबाब थियो। गौरीबहादुर कार्की नेतृत्वको  छानबिन आयोगले गरेको बयानमा रिजालले आफूले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको दाबी गरेका छन् ।

नवगठित सरकारले छानबिन आयोगको प्रतिवेदनका आधारमा दोषी ठहर गरिएकाविरूद्ध धरपकड गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS