IME Life New

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) पूर्वप्रधानमन्त्री तथा अवामी लिग प्रमुख शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको हो। यो निर्णय बुधबार न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको अध्यक्षतामा रहेको आईसीटी–१ को ३ सदस्यीय इजलासले दिएको हो।

Esewa
Crest

आदेशमा भनिएको छ, ‘शेख हसिनाले अदालतको गरिमामा चोट पुर्याउने बयान दिएकी छिन्। जसले न्याय प्रणालीको निष्पक्षतामा प्रश्न उठाएको छ।’

बंगलादेशी मिडिया रिपोर्टका अनुसार यो मुद्दा गत वर्षको अक्टोबरको हो। जब शेख हसिनाको फोन कल लिक भएको थियो।

अडियो क्लिपमार्फत दाबी गरिएको थियो कि यो शेख हसिनाको आवाज थियो। जसमा उनी कथित रुपमा शकील अकन्द बुलबुलसँग कुरा गरिरहेकी थिइन्। जसमा उनी भन्दै थिइन् कि उनीविरुद्ध २२७ मुद्दा दर्ता छन्। त्यसैले उनलाई २२७ जनाको हत्या गर्ने लाइसेन्स मिलेको छ। अदालतले हसिनाको यो बयानलाई अदालतको अवहेलना मानेको छ।

आईसीटी सन् १९७१ को बंगलादेश मुक्ति युद्धको समयमा युद्ध अपराधहरुको अनुसन्धान र न्याय गर्न गठन गरिएको विशेष अदालत हो। मोहम्मद युनुसले आईसीटीलाई शेख हसिना र उनको पार्टीको राजनीतिलाई सदाका लागि समाप्त गर्न प्रयोग गरिरहेको जानकारहरु बताउँछन्।

शेख हसिनाको सरकार गत वर्ष अगस्ट महिनामा पतन भएको थियो। त्यसपछि मोहम्मद युनुस अन्तरिम सरकारको मुख्य सल्लाहकारको भूमिकामा छन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS