IME Life New

साउदीमा अब विदेशीलाई घर किन्न सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबिया सरकारले सन् २०२६ को जनवरीदेखि आफ्नो घर जग्गा बजार विदेशी नागरिक र कम्पनीका लागि खोल्ने घोषणा गरेको छ।

यो निर्णय साउदीको ‘भिजन २०३०’को एक प्रमुख भाग हो। यस नयाँ कानुनअन्तर्गत गैरसाउदी नागरिकलाई घर, जग्गा र कृषि जग्गा खरिद गर्न अनुमति दिइनेछ। रियाद र जेद्दाजस्ता प्रमुख सहरी क्षेत्र यो सुविधा समावेश हुने अपेक्षा गरिएको छ।

Esewa
Crest

साउदीको प्राथमिक लक्ष्य आफ्नो देशलाई एक महत्वपूर्ण विश्वव्यापी केन्द्रका रुपमा स्थापित गर्नु हो। विदेशी खरिदकर्ताका लागि घरजग्गा बजार खोल्नु यस दिशामा एउटा प्रमुख कदम हो।

यस निर्णयमार्फत साउदी सरकारले देशमा अन्तर्राष्ट्रिय पुँजी आकर्षित गर्ने आशा राखेको छ। जसले आवासको गुणस्तर मात्र सुधार नगर्ने भएर महत्वपूर्ण नयाँ रोजगारी पनि सिर्जना गर्नेछ।

यो सम्पूर्ण पहल रियल स्टेट जनरल अथोरिटी (आरईजीए) द्वारा अनुगमन र व्यवस्थापन गरिएको छ। आरईजीएले साउदीमा सम्पत्ति खरिद गर्ने प्रक्रियालाई विश्वव्यापी लगानीकर्ताका लागि सुरक्षित र सरल बनाउने लक्ष्य राखेको छ। ता कि विदेशी लगानीकर्ताले कुनै झन्झट बिना यहाँ लगानी गर्न सकून्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS