IME Life New

विदेशी कामदारलाई ठूलो झट्का, जागिर गुमाउने बित्तिकै अमेरिका छाड्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले एउटा प्रस्तावमा विचार गरिरहेको छ। जसले गैरआप्रवासी भिसामा रहेका केही विदेशी कामदारले आफ्नो जागिर गुमाएपछि पाउने ६० दिनको ग्रेस अवधिलाई हटाउन सक्छ।

यदि यो परिवर्तन लागू गरियो भने प्रभावित कामदारलाई नयाँ जागिर खोज्न समयको सट्टा तुरुन्तै देश छोड्न बाध्य पार्न सकिन्छ। मेरिकाको गृह सुरक्षा विभागको यो प्रस्ताव हाल संघीय व्यवस्थापन र बजेट कार्यालयद्वारा समीक्षा भइरहेको छ। प्रस्तावका बारेमा थप विवरणहरु उपलब्ध छैनन्।

Esewa
Crest

हाल यदि कुनै कर्मचारीले आफ्नो आवास अनुमतिको म्याद सकिनुअघि आफ्नो जागिर गुमाएमा केही प्राथमिक गैरआप्रवासी र तिनका आश्रितलाई अमेरिकामा रहनका लागि ६० दिनको ग्रेस अवधि दिइन्छ। यो नियम २०१७ मा विदेशी कामदार र तिनका परिवारलाई जागिर गुमाएपछि नयाँ जागिर खोज्न समय दिन लागू गरिएको थियो।

आप्रवासन सल्लाहकारहरुका अनुसार गृह सुरक्षा विभागसँग ग्रेस अवधि घटाउने वा अस्वीकार गर्ने अधिकार छ। तर यसले विरलै त्यसो गरेको छ। यो नियम ई–१, ई–२, इ–३, एच–१बी, एच–१बी१, एल–१, ओ–१ र टीएन वर्गका गैरआप्रवासी भिसाधारक र तिनका आश्रितमा लागू हुन्छ।

गैरआप्रवासी भिसाहरु अध्ययन, रोजगारी, व्यवसाय, पर्यटन, आदि जस्ता अस्थायी बसाइका लागि हुन्।

ग्रेस अवधिले अमेरिकी कम्पनीहरुलाई अवस्थित वा नयाँ नियुक्त गैरआप्रवासी कर्मचारीका लागि जागिर बदल्न व्यवस्थापन गर्न पनि मद्दत गर्दछ। यदि यसलाई हटाइयो भने चाँडै आफ्नो जागिर गुमाउने विदेशी नागरिक र तिनका आश्रितले सामान्यतया तुरुन्तै अमेरिका छोड्नुपर्नेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS