IME Life New

क्यानडामा पढ्न अब विदेशी विद्यार्थीलाई भयो महँगो, पौने २ लाखले बढ्यो पढाइ शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब विदेशी विद्यार्थीलाई क्यानडामा पढ्न थप महँगो हुने भएको छ।

इमिग्रेसन, रिफ्युजी एन्ड सिटिजनसिप क्यानडा (आईआरसीसी)ले क्यानडामा पढ्न आउने विदेशी विद्यार्थी पढाइ शुल्क २ हजार अमेरिकी डलर (लगभग २ लाख ७३ हजार रुपैयाँ)बढाउने निर्णय गरेको हो। यसका लागि क्यानडामा पढ्नका लागि आर्थिक सक्षमता पर्याप्तको दह्रो प्रमाण पेस गर्नुपर्ने नियम पनि आईआरसीसीले बनाएको छ।

Esewa
Crest

क्यानडाले विदेशी विद्यार्थीलाई पढाइ र यात्राको न्यूनतम शुल्क वार्षिक २२ हजार ८९५ डलर कायम गरेको छ। यो शुल्क आउँदो सेप्टेम्बरबाट लागू हुनेछ। हाल यस्तो शुल्क २० हजार ६३५ डलर तय गरिएको छ।

यो शुल्क क्यानडाका सबै प्रदेशमा रहेका विश्वविद्यालयमा पढ्न आउने विदेशी विद्यार्थीका लागि तय गरिएको हो। क्यानडा पढ्न जाने विद्यार्थीले त्यहाँ काम नगरी आफ्नो पढाइ खर्च व्यहोर्न सक्ने प्रमाण पनि पेस गर्नुपर्ने हुन्छ।

बहुवर्षीय कार्यक्रममा लागि अब विद्यार्थीले पहिलो वर्षको पढाइ शुल्क बुझाउनुपर्छ। यसका साथै बस्दा लाग्ने खर्च व्यहोर्न सक्ने प्रमाण पनि विद्यार्थी बुझाउनुपर्नेछ।

क्यानडाको बैंकबाट आफ्ना नाममा रहेको खाताबाट यस्तो प्रमाण विद्यार्थी ल्याएर देखाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%
happy

खुसी

10%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS