IME Life New

नेपाली उपभोक्ताको तथ्याङ्क बेच्ने विदेशी सामाजिक सञ्जालले अबदेखि सेवा कर तिर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली प्रयोगकर्ता सम्बन्धित विभिन्न तथ्याङ्क संकलन गरेर बेच्ने सामाजिक सञ्जाल कम्पनीहरूले तथ्याङ्क बिक्रीवापत कर तिर्नुपर्ने भएको छ।

आन्तरिक राजस्व विभागले मंगलबार जारी गरेको ‘विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०८२’ मार्फत वार्षिक ३० लाख रूपैयाँभन्दा बढीको कारोबार गर्ने विदेशी कम्पनीका लागि कर सम्बन्धि व्यवस्था लागू गरेको हो । यो कार्यविधिमा विदेशी सेवा प्रदायक कम्पनीले नेपालमा उपलब्ध गराउने डिजिटल सेवा र नेपाली प्रयोगकर्ता सम्बन्धित तथ्याङ्क बिक्रीलाई छुट्टाछुट्टै कर योग्य कारोबारको रूपमा परिभाषित गरेको छ ।

Esewa
Crest

कार्यविधिमा विदेशी व्यक्ति वा कम्पनीले नेपालमा रहेका प्रयोगकर्ताबाट सङ्कलित तथ्याङ्क बिक्रीको कारोबार मूल्यमा दुई प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरिएको छ। यो कर गणनामा नेपालमा लागेको अप्रत्यक्ष कर बाहेकको रकम मात्र समावेश गरिनुपर्नेछ।

यसैगरी वार्षिक ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने सबै विदेशी कम्पनीले यो कार्यविधि अनुसार नेपालमा दर्ता हुनुपर्नेछ। साथै सेवा कर समेत तिर्नुपर्नेछ ।

कार्यविधिको व्यवस्था बमोजिम दर्ता नहुने गैरबासिन्दा व्यक्तिलाइ कर अधिकृतले मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २९ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रत्येक पटक बीस हजार रूपैयाँ जरिवाना गर्न सक्नेछन् ।

व्यवसायीक प्रयोजनका लागि नेपाली कम्पनीलाइ बिक्री गरेको तथ्याङ्कवापतको कारोबार रकमको हकमा विदेशी कम्पनीले कर छुट पाउनेछन् ।

सेवा कर सम्बन्धि यो व्यवस्थाले अबदेखि फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक, गुगल लगायतले नेपाली प्रयोगकर्ताको रोजाई, व्यवहार, खर्चको बानी, छनाैटको तरिका, छनाैट, व्यक्तिगत विवरणलगायतका तथ्याङ्क तेश्रो पक्षलाई बिक्री गर्दा आम्दानीमा दुई प्रतिशत कर तिर्नुपर्नेछ ।

यसैगरी विभागले गैरबासिन्दा व्यक्तिले प्रदान गने विद्युतीय सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धि कार्यविधि २०७९ तेश्रो संशोधन २०८२ जारी गरेको छ। यो संशोधित कार्यविधिमा नेपालमा विगत बाह्र महिनामा तीस लाख रूपैयाँभन्दा बढी कर लाग्ने विद्युतीय कारोबार गर्ने गैर बासिन्दा व्यक्तिले नेपालमा दर्ता भएर मूल्य अभिवृद्धि कर(भ्याट) असुली गर्नुपर्ने व्यवस्था गरिएको छ। एकपटक कारोबारको सीमा नाघेर मूल्य अभिवृद्धि करमा दर्ता भएको गैरबासिन्दा व्यक्तिले जतिसुकै रकमको कारोबार गरेपनि मूल्य अभिवृद्धि कर अनिवार्य असुली गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS