IME Life New

अमेरिकामा बिना रजिस्ट्रेसन ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा बिना रजिस्ट्रेसन ३० दिनभन्दा बढी समय बस्ने विदेशी नागरिकलाई जेल सजाय हुने भएको छ।

एलियन रजिस्ट्रेसन एक्टअन्तर्गत बिना रजिस्ट्रेसन अमेरिकामा ३० दिनभन्दा बढी समय बस्ने विदेशी नागरिकलाई जेल सजाय हुने भएको हो। उक्त एक्टअन्तर्गत त्यस्ता विदेशी नागरिकले रजिस्ट्रेसन गर्ने अप्रिल ११ अन्तिम दिन रहेको थियो।

Esewa
Crest

अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले संघीय सरकारमा रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान रहेको प्रेस सचिव क्यारोलिन लाभेटले जानकारी दिइन्। ‘यो कानुन पालना गर्न असफल हुनु जरिवाना, जेल वा दुवै सजाय हुने अपराध हो’, उनले भनिन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैँ यदि तपाइँ (विदेशी नागरिक)ले रजिस्ट्रेसन गर्नुभएन भने तपाइँलाई पक्राउ गरिनेछ, जरिवाना गरिनेछ, देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्किन सक्नु हुने छैन।’

यसैबीच अमेरिकी गृह सुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको थियो। त्यसमा होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, ‘राष्ट्रपति ट्रम्प र मेरो देशमा गैरकानुनी रुपमा प्रवेश गर्नेहरुका लागि स्पष्ट सन्देश छः अब हाम्रो देश छोड्नुहोस्।’

यस प्रेस विज्ञप्तिमा अप्रिल ११ सम्म ३० दिन वा सोभन्दा बढी समयदेखि रिजिस्ट्रेसनको प्रमाण बिना अमेरिकामा उपस्थित रहेका विदेशी नागरिकलाई अप्रिल ११ सम्म तुरुन्तै दर्ता गर्न भनिएको थियो। यसका साथै रजिस्ट्रेसन प्रमाण बिना अप्रिल ११ मा वा त्यसपछि अमेरिका आउने विदेशी नागरिकलाई उनीहरुको आगमनको ३० दिनभित्र रजिस्ट्रेसन गर्न भनिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS