IME Life New

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउने काम गरिरहेको छ। गुणस्तरीय खानाको डेलिभरी मार्फत फुडमाण्डुले ग्राहकहरुलाई सरलता र खुशी प्रदान गर्दै आएको छ। यसै प्रतिबद्धतालाई निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवाहरुमार्फत आफ्ना ग्राहकहरुको लाइफ अझै बेटर बनाउने विश्वासलाई दर्शाउँछ ।

फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले विगत १४ वर्षदेखि ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध रहेको बताइन्।

Esewa
Crest

‘हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा ग्राहकहरु सम्म सहजता र खुशी पनि पुर्याउँछौँ’, उनले भनिन्, ‘लाइफ अझै बेटरु बनाउनु नै सधैं हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता सधैँ पूरा गर्दै आएका छौँ।’

फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना पुर्याउने काम गरिरहेको छ। फुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ।

यसका साथै फुडमाण्डुले वनमार्टमार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरुका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS