IME Life New

उद्योग वाणिज्य महासंघको साधारण सभाको नयाँ मिति तय, चैत्र २९ र ३० गते काठमाडाैंमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा एवं निर्वाचन आगामी बैशाख महिनामा आयोजना गरिने भएको छ। महासंघको पदाधिकारी समितिको शुक्रबार बसेको बैठकले नयाँ मिति तय गरेको हो।

यसअघि, पदाधिकारी समितिले ६०औँ वार्षिक साधारण सभा एवं निर्वाचन मिति २०८२ चैत २९ र ३० गतेका लागि तय गरेको थियो। तर, महासंघका केही सदस्यले पूर्व निर्धारित मितिमा वार्षिक साधारण सभा गर्न रोक लगाउन माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेपछि अन्तरिम आदेशका कारण सभा स्थगित हुन पुगेको थियो।

Esewa
Crest

अदालतले महाधिवेशन गर्ने कानूनी बाटो खुला गरिदिएपछि महासंघको पदाधिकारी समितिको साधारण सभा र नयाँ कार्य समिति सदस्यहरूको निर्वाचन अब अाउँदो बैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको छ।

बैठकले महासंघको कार्यकारिणी समितिको बैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS