IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा रु. ५७ करोड लगानी गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५७ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि साउन २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

Esewa
Crest

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४५ करोड ६० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ५५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी २०८२ साउन ६ गतेदेखि २०८३ साउन ६ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS