IME Life New

पाँच तारे होटल सहित नाै कम्पनीको रू ४ अर्बको आइपिओ पाइपलाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुइवटा पाँच तारे होटल सहित होटल तथा पर्यटन क्षेत्रका नाै वटा कम्पनी सर्वसाधारणमा शेयर निष्काशन गरेर शेयर पूँजी जुटाउन पाइप लाइनमा छन् । नेपाल धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन क्षेत्रका कम्पनीले कुल ४ करोड ३३ लाख २० हजार शेयर प्राथमिक निष्काशनका लागि आवेदन दिएका छन्।

सेबोनले प्रकाशन गरेको तथ्यांक अनुसार, एपेक्स हस्पिटालिटी, होटल फरेष्ट इन, अर्किड होल्डिङ्गस, अकामा होटल लिमिटेड, ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेड, वर्णवास म्युजियम होटल लिमिटेड र माउण्टेन ग्लोरी लिमिटेडको आइपिओ पाइपलाइनमा रहेको छ।

Esewa
Crest
आइपिओ निष्काशनको स्वीकृतिका लागि पाइपलाइनमा रहेका होटल तथा पर्यटन क्षेत्र सम्बद्ध कम्पनीहरू। श्रोतः नेपाल धितोपत्र बोर्ड

यी बाहेक केबल कार सञ्चालन गरिरहेको अन्नपूर्ण केबल कार र, बन्दीपुर केबल कार एण्ड टुरिज्म लिमिटेडले पनि आइपिओ निष्काशनका लागि आवेदन दिएका छन् ।

पाइपलाइनमा रहेका मध्ये, चार तारे स्तरको होटल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको अर्किड होल्डिङ्गस लिमिटेडले कुल १ करोड १५ लाख कित्ता साधारण शेयर निष्काशनको आवेदन दिएको छ। यो कम्पनीले चुक्ता पूँजीका लागि सर्वसाधारणबाट कुल १ अर्ब १५ करोड रूपैयाँ जुटाउने योजना बनाएको छ।

बुढानिलकण्ठमा पाँच तारे होटल होलिडे इन सञ्चालन गरिरहेको होटल फरेष्ट इनले ९८ लाख कित्ता शेयर निष्काशनको आवेदन दिएको छ। यो कम्पनी उर्जा मन्त्री दीपक खड्काको स्वामित्वको कम्पनी हो।

पोखरामा रिसोर्ट सञ्चालन गरिरहेको माउण्टेन ग्लोरीले ४० लाख कित्ताबाट ४० करोड रूपैयाँ चुक्ता पूँजी थप्ने योजना छ। यो चार तारे स्तरको लक्जरी रिसोर्ट हो।

नक्साल गैरीधारामा हिल्टन ब्राण्डमा लघु लक्जरी होटल सञ्चालन गरिरहेको वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता साधारण शेयर जारी गरेर ३९ करोड ६० लाख रूपैयाँ पूँजी जुटाउने योजना बनाएको छ।

एपेक्स हस्पिटालिटीले २४ लाख कित्ता जारी गरेर २४ करोड रूपैयाँ चुक्ता पूँजी जुटाउनका लागि सेबोनमा आइपिओ निष्काशनको आवेदन दिएको छ। यो कम्पनीले दमाैलीमा तीन तारे स्तरको होटल, सिनेमा घर र सपिङ मल सञ्चालन गरिरहेको छ। होटल सञ्चालनका लागि सिद्धार्थ हस्पिटालिटी बिजनेश ग्रुपसँग साझेदारी गरेको छ।

धुम्बाराहीमा पाँच तारे होटल अकामा सञ्चालन गरिरहेको अकामा होटल लिमिटेडले प्रति कित्ता रू ५० का दरले शेयर निष्काशनको प्रस्ताव गरेको छ। यो होटलले कुल ४५ लाख कित्ता शेयर जारी गरेर २२ करोड ५० लाख रूपैयाँ जुटाउने योजना बनाएको छ। अकामा होटलमा सानिमा बैंक र सानिमा समूहको लगानी छ।

ठमेल प्लाजा होटल एण्ड सुइट्सले ठमेलमा चार तारे स्तरको रमादा इनकोर ब्राण्डमा होटल सञ्चालन गरिरहेको छ। यो अमेरिकी होटल सञ्जालको ब्राण्ड हो। यो कम्पनीले होटलमा पूँजी थप्न र बैंक ऋण चुक्ता गर्नका लागि १० करोड रूपैयाँ पूँजीका लागि १० लाख कित्ता शेयर जारी गर्ने योजना बनाएको छ।

धितोपत्र बोर्डका अनुसार, अन्नपूर्ण केबल कारले ३१ लाख र बन्दीपुर केबल कार एण्ड टुरिज्म लिमिटेडले ३० लाख ६० हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ।

अकामा होटल लिमिटेड बाहेक सबै कम्पनीले प्रति कित्ता रू. १०० का दरले शेयर निष्काशनको प्रस्ताव गरेका छन् ।

हाल यी कम्पनीहरू घाटामा रहेको र शेयरको नेटवर्थ पनि ऋणात्मक रहेकाले सार्वजनिक लेखा समितिको निर्देशनका कारण यी होटलको आवेदन अड्किएको छ। सार्वजनिक लेखा समितिले बाटो नखुलाएसम्म शेयर निष्काशनको स्वीकृति दिन धितोपत्र बोर्डलाई अप्ठेरो परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS