IME Life New

आव २०८१।८२ मा ६ बीमकसहित १७ कम्पनीले पाए हकप्रद ल्याउने अनुमति (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ मा ६ बीमकसहित १७ वटा कम्पनीले हकप्रद शेयर जारी गर्न अनुमति पाएका छन्।

नेपाल धितोपत्र बोर्डले ६ वटा बीमा कम्पनी र ११ वटा जलविद्युत कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। हकप्रद शेयर जारी गर्न अनुमति पाउने बीमकमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल), एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सन नेपाल लाइफ, एसियन लाइफ र नेपाल इन्स्योरेन्स रहेका छन्।

Esewa
Crest

यी बीमकमध्ये एसियन लाइफको हकप्रद बिक्री खुला भइरहेको छ भने नेपाल इन्स्योरेन्सको आउँदो साउन ६ गतेबाट निष्कासन हुनेछ। बाँकी अनुमति पाएका बीमकहरुले हकप्रद जारी गरिसकेका छन्।

यसैगरी हकप्रद ल्याउन अनुमति पाउने जलविद्युत कम्पनीमा लिबर्टी इनर्जी, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर, दोर्दी खोला जलविद्युत, छ्याङ्दी हाइड्रोपावर, तेह्रथुम पावर, राप्ती हाइड्रो, पिपुल्स पावर, बरुण हाइड्रोपावर, जोशी हाइड्रोपावर र खानीखोला हाइडङोपावर छन्।

जलविद्युत कम्पनीमध्ये हाल बरुण हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावरले हकप्रद जारी गरिरहेका छन् भने जोशी हाइड्रोपावरले आउँदो आउँदो साउन १५ गतेबाट बिक्री खुला गर्नेछ। बाँकी अनुमति पाएका हाइड्रोपावर कम्पनीहरुले हकप्रद निष्कासन गरिसकेका छन्।

धितोपत्र बोर्डले यी १७ वटा कम्पनीलाई १५ करोड ४१ लाख ७ हजार ८९४.२४ कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएका छन्। कम्पनीहरुले यी हकप्रद शेयर बिक्री गरेर १५ अर्ब ४१ करोड ७ लाख ८९ हजार ४२३.५० रुपैयाँ पुँजी संकलन गर्नेछ।

धितोपत्र बोर्डको पाइपलाइनमा अझै १५ वटा कम्पनीको हकप्रद रहेको छ। जसमा ४ वटा बीमा कम्पनी र ७ वटा जलविद्युत कम्पनी रहेका छन्। बाँकी कम्पनी अरु समूहका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS