IME Life New

प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ काठमाडौंमा आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव असार ५ देखि ७ गतेसम्म “दलित समुदायको रैथाने सीपरकला, ज्ञान, साहित्य र संस्कृतिको जगेर्ना गरौं, हाम्रा यी अमूल्य राष्ट्रिय गौरवलाई नयाँ पुस्तामा हस्तान्तरण गरौं” भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुन गईरहको हो ।

महोत्सव दलित अधिकारकर्मीहरुद्वारा नेतृत्व गरिएका राष्ट्रिय स्तरका दलित संघसंस्थाहरु दलित अधिकार तथा विकास केन्द्र नेपाल काठमाडौं, नेपाल बौद्धिक मञ्च ललितपुर, समावेशी फाउण्डेसन काठमाण्डौ, नेपाल उत्पीडित विकास केन्द्र महोत्तरी र नागरिक जागरण केन्द्र नेपाल काठमाडौंको पहलमा आयोजना गर्न लागिएको हो ।

Esewa
Crest

यस दलित समुदायको गौरव, प्रतिष्ठा र पहिचानसँग गहिरो गरी जोडिएको ऐतिहासिक महत्वको विषयलाई उच्च प्राथमिकतामा राखेर दलित समुदायको सर्वोच्च धरोहरको रुपमा रहेको सरकारी निकाय राष्ट्रिय दलित आयोगले संस्थागत सहकार्य गर्ने भएको छ । आयोगको सहकार्यप्रति महोत्सव मूल आयोजक समितिले आभार प्रकट गरेको छ ।

महोत्सव सम्पन्न गर्नका निमित्त विभिन्न समिति र उप–समितिहरु गठन गरिएको मूल–आयोजक समितिका सह–संयोजक एवं दलित बुद्धिजीवि जितेन्द्र पासवानले बताए । उनका अनुसार ३१ सदस्यीय मुल आयोजक समिति, ११ सदस्यीय सचिवालय र २१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

त्यस्तै उप–समितिहरु अन्र्तगत प्रचार प्रसार, युवा परिचालन तथा स्वयंसेवक, अतिथि सत्कार, मञ्च व्यवस्थापन, आर्थिक संकलन, सरकारी तथा गैरसरकारी क्षेत्र समन्वय लगायतका उपसमितिहरु गठन गरिएको ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव मुल आयोजक समितिका संयोजक मेघेन्द्र विश्वकर्माले बताए ।

यस ऐतिहासिक महोत्सव सम्पन्न सफलतापूर्वक सम्पन्न गर्नका निम्ति विभिन्न सरकारीरगैरसरकारी निकायहरु, दलित नेताहरु, सांसदहरु, कर्मचारीहरु, व्यवसायीहरु, युवारविद्यार्थीहरु, दलित बुद्धिजीविहरु, अधिकारकर्मीहरु, कलाकारहरु, पत्रकारहरु लगायत सम्पुर्ण दलित एवं गैरदलित समुदायहरुको ऐक्यवद्धता र सहकार्य सहितको लागि उनले अपिल गरेका छन् ।

उक्त महोत्सवमा दलित समुदायको जातिय पहिचान झल्कने विभिन्न स्टलहरु राखिने र फोटो प्रदर्शनी गरिने महोत्सव सचिवालय सदस्य लेखक तथा दलित अध्येता सरोज दिलु विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS