IME Life New

धनगढी बजारमा आगलागी, ८ पसलको सामान जलेर नष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धनगढी उपमहानगरपालिका ४ मा आइतबार राति सर्ट सर्किटका कारण आगलागी हुँदा आठ वटा पसल जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाीका अनुसार, राति करिब १०ः५० बजे अागलागी भएको हो। आगलागीमा ट्रेड सप्लायर्सका चार, परिवर्तन इन्पेक्सका तीन र सेन्टर पोइन्ट रेस्टुरेन्टको एक सहित आठ वटा सटरमा आगो लागेको थियो।

Esewa
Crest

जिल्ला प्रहरी कार्यालय, धनगढी उपमहानगरपालिकाका, गोदावरी नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा झण्डै १ घण्टापछि आगलागी नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीका कारण पसलभित्र रहेका सामानहरु पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

२०८० साल मंसिर १ गते धनगढी उपमहानगर १ मेनरोडमा अवस्थित चप्पल जुत्ता गोदामबाट सल्किएको आगोले गोदाम सहित स्थानीय सारथी अस्पताल र अन्य पसलहरूमा समेत क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS