IME Life New

ग्लोबल मनी वीक २०२६ को अवसरमा सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतका विभिन्न क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजना गरिएको थियो।

Organization for Economic Cooperation and Development (OECD) द्वारा सन् २०१२ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत यस वर्ष मार्च १६ देखि २२, २०२६ चैत २ देखि ८ सम्म Smart Money Talks भन्ने नारासहित ग्लोबल मनी वीक २०२६ को १४औँ संस्करण मनाइँदै छ। सोही सन्दर्भमा नेपाल बीमा प्राधिकरणले उक्त कार्यक्रम आयोजना गरेको हो।

Esewa
Crest

युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले गरेका थिए ।

कार्यक्रममा ग्लोबल मनि विकको परिचय तथा इतिहास, युवामा वित्तीय साक्षरताको महत्व, विद्यार्थीका लागि उपयुक्त बचत तथा लगानीका माध्यम, वित्तीय व्यवस्थापनसम्बन्धी उपयोगी सुझाव, बीमाको आधारभूत अवधारणा, बीमाका प्रकार, आवश्यकता तथा महत्व, नेपाल बीमा प्राधिकरणको परिचय र उद्देश्य तथा नेपालको बीमा क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो। उक्त विषयमा प्राधिकरणका सहायक निर्देशकद्वय विपना पन्थी र भीमबहादुर माझीले जानकारी गराएका थिए ।

त्यसैगरी, प्राधिकरणका उपनिर्देशक तथा कर्णाली प्रदेश कार्यालय प्रमुख निलप्रसाद लामिछानेले बीमा सम्बन्धी कानुनी व्यवस्था तथा महत्वपूर्ण बीमालेखहरूबारे विस्तृत जानकारी दिँदै क्षतिको अवस्थामा वित्तीय सुरक्षा सुनिश्चित गर्न बीमा प्रभावकारी माध्यम भएकोमा जोड दिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले कर्णाली प्रदेशमा जनसंख्याको अनुपातमा बीमाको पहुँच कम हुनुका कारण, घर बीमा तथा स्वास्थ्य बीमा लगायतका विषयमा जिज्ञासा राखेका थिए। ती प्रश्नहरूको जवाफ दिँदै प्रमुख लामिछानेले वित्तीय ज्ञानले व्यक्तिलाई सीप, सकारात्मक मनोवृत्ति तथा व्यवहारिक क्षमता विकास गर्न सहयोग गर्ने उल्लेख गर्दै विवेकपूर्ण रूपमा वित्तीय स्रोत परिचालन गर्न सुझाव दिए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विभिन्न संकाय, अमरदीप क्याम्पस, सहारा क्याम्पस तथा सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत करिब १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण नेपाल बीमा प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS