IME Life New

क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर गरिने वित्तीय निर्णयले ठूलो आर्थिक नोक्सान गराउन सक्छः राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर गरिने वित्तीय निर्णयले ठूलो आर्थिक नोक्सान गराउन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ।

केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। ‘टिंक बिफोर यु फलो, वाइज मनी टुमोर’ भन्ने नाराका साथ ग्लोबल मनी विक–२०२५ अभियान मार्च १७ देखि २३ सम्म मनाइएको थियो । ‘यही अभियानको नारामा उल्लेख भएजस्तै सामाजिक सञ्जालमा चर्चा पाएका सबै विषय र तिनका इन्फ्लुएन्सर ती विषयका विज्ञ नहुन पनि सक्छन् र गलत इन्फ्लुएन्सरको कुराबाट प्रभावित भई वित्तीय निर्णय लिँदा आर्थिक नोक्सानी हुन सक्नेतर्फ सचेत रहौँ’, सूचनामा भनिएको छ, ‘त्यसैले सामाजिक सञ्जालमा जोकोहीलाई विश्वास नगरौँ।’

Esewa
Crest

राष्ट्र बैंकका अनुसार अहिलेको आधुनिक र खुला युगमा सामाजिक सञ्जालमा पत्यारिलाजस्ता लाग्ने थुप्रै वित्तीय जानकारी, उपाय र सुझाव भेटिन सक्छन्। ‘त्यस्ता सुझाव वा जानकारीको भरमा पर्नु वा त्यस्ता व्यक्ति (फाइनान्सियल इन्फ्लुएन्स) लाई फलो गर्नुअघि सो सूचना तथा सुझाव सही हुन् वा होइनन् मनन गरौँ’, राष्ट्र बैंकले भनेको छ।

कुनै पनि वित्तीय निर्णय लिँदा सोसम्बन्धी स्वाध्ययन, अनुसन्धान र गहन विचार वा विश्वसनीय स्रोतसँग परामर्श गर्न पनि केन्द्रीय बैंकले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS