IME Life New

नेपालमा थप लगानी गर्न जापानका व्यावसायिक कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन्।

भेटका अवसरमा अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरुमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए। उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।

Esewa
Crest

मन्त्री पौडेलले विदेशी लगानीकर्ताहरुका लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीका लागि आकर्षक क्षेत्र रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे। उनले सरकारले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीका लागि अझ सहज वातावरण तयार गरेको जानकारी दिए।

टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्यालीलगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधिहरु सहभागी थिए। समिट आजबाट काठमाडौंमा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS