IME Life New

गभर्नरमा विश्व पौडेलसहित ३ जनाको नाम बोकेर अर्थमन्त्री पुगे बालुवाटार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिले मंगलबार तीनजनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

भर्खरै सम्पन्न समितिले बैठकले विश्व पौडेलसहित ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। यो निर्णयलगत्तै अर्थमन्त्री पौडेल ३ जनाको नाम सिफारिस गर्न प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेका छन्।

Esewa
Crest

बालुवाटारमा आज साँझ मन्त्रिपरिषदको बैठक डाकिएको छ। सोही बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल छ।

स्रोतका अनुसार समितिले विश्व पौडेलको नाम पहिलो स्थानमा राखेको छ। सम्भवतः पौडेल नै गभर्नर बन्ने लगभग पक्का रहेको छ।

आज बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई नियुक्त गर्ने सहमति भएको थियो।

समितिले सिफारिस गरेका अन्य २ जनाको नाम भने गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS