IME Life New

अर्थमन्त्रीद्वारा अमेरिकी उच्च पदस्थ अधिकारीहरु र विभिन्न दातृ निकायसँग छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफलगर्नुका साथै नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एटीटीपी) को म्याद थप गर्न आग्रह गरेका छन्।

त्यसैगरी अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग दुई देशका सम्बन्ध सुदृढ गर्नेलगायत आपसी हितका विषयमा संवादभएको थियो। त्यसै अर्थमन्त्री खनालले साउदी फन्ड र जापान सहयोग नियोग(जाइका)का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरी नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरे।

Esewa
Crest

खनालले साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युतमा फन्डको लगानी रहने जानकारी गराए। जापान सहयोग नियोगका प्रतिनिधिसँग बीपी राजमार्ग पुनस्र्थापना, नागढुंगा सुरुङमार्ग र कोटेश्वर सेक्सन आयोजना छिटो अगाडि बढाउनेलगायतका विषयमा छलफल भएको छ।

त्यसैगरी अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया प्रसान्त हेर्ने निर्देशक कृष्णा श्रीनिभासनसँग कोषको सहयोगमा संचालित विस्तारित कर्जा कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिने विषयमा छलफल गरे।

सोही अवसरमा नेपाल राष्ट्र बैंक ऐनमा गर्नुपर्ने संशोधन, वाणिज्य बैंकहरुको कर्जाको पोर्टफोलियो अध्ययन र वित्तीय स्थायित्व कायम गर्ने विषयमा दुवै पक्षबाट विचार आदान प्रदान भएको थियो। त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS