IME Life New

सेबोनले प्रभावकारी नियमन र सुपरिवेक्षणमार्फत प्रणालीगत जोखिम घटाउने अर्थमन्त्रीको विश्वास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रभावकारी नियमन र सुपरिवेक्षणमार्फत प्रणालीगत जोखिम घटाउने विश्वास व्यक्त गरेका छन्।

सेबोनको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अर्थमन्त्री वाग्लेले यस्तो विश्वस व्यक्त गरेका हुन्। ‘पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको बनाउँदै व्यक्तिगत एवं संस्थागत लगानीकर्ताको आकर्षण बढाउनु आवश्यक छ’, सन्देशमा भनिएको छ, ‘यसका लागि सेबोनले आफ्नो संस्थागत र नियामकीय क्षमता सुदृढ गर्दै लैजाने र सेवालाई चुस्त र प्रविधिमैत्री बनाउँदै प्रभावकारी नियमन र सुपरिवेक्षणमार्फत प्रणालीगत जोखिम घटाउनेछ भन्ने विश्वास लिएको छु।’

Esewa
Crest

पुँजी बजारको नियामकीय भूमिकालाई प्रभावकारी बनाउँदै आगामी दिनमा सेबोनले पुँजी बजारमा सुशासन, बजारको सुधार तथा विकासबाट लगानीकर्ताको हित संरक्षण एवं प्रवर्द्धन गर्ने अपेक्षा पनि अर्थमन्त्री वाग्लेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS