IME Life New

बीमा दाबीमा ठगीको काल्पनिक कथा र पोखराको नारेश्वर चोकको पसलमा भएको आगलागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यरातको शुन्यता चिरिँदै, एक विशाल कारखानाबाट निस्केको धुवाँ र आगोको लप्काले सारा बस्तीलाई आतंकित गर्‍यो। रातारात खरानीमा परिणत भएको करोडौंको सम्पत्ति हेरेर कारखानाका मालिक शर्माजी पीडाको गहिरो सागरमा डुबेका थिए। उनको अनुहारमा गहिरो शोक थियो र आँखाबाट आँशुको धारा थामिएको थिएन।

उनले आगलागीबारे बीमा कम्पनीमा जानकारी गराए । भोलिपल्ट क्षतिको आँकडा सहित बीमा दाबीका लागि आवश्यक कागजपत्र बीमा कम्पनीमा पेश गरे । उनको कारखानामा भएको यो हेर्दाहेर्दैको एउटा भयंकर त्रासदी थियो ।

Esewa
Crest

तर, यो आगलागीको दाबीबारे सर्भेयर अर्जुनको हातमा आयो, उनलाई शुरूवात देखि नै आगलागीको घटनाबारे केही गडबडीको शंका गरिरहेका थिए । यति ठूलो क्षतिमा पनि किन कारखानाका सबै सुरक्षा क्यामेराहरू ठीक आगलागी हुनुभन्दा केही घण्टा अघि मात्रै अचानक बन्द गरिएका थिए ? कारखाना परिसरमा जडान गरिएको अग्नी नियन्त्रण प्रणाली किन निष्क्रिय बनाइएको थियो?

अर्जुनले जब शर्माजीको जीवनशैली र व्यापारको गहिराइमा नजर लगाए, तब स-साना विरोधाभासहरूले एउटा ठूलो गडबडीको सङ्केत दिन थाले। कागजमा मुनाफा देखिए पनि, शर्माजी ठूलो ऋणको दलदलमा डुबेको प्रमाण फेला पर्यो ।

उनले आफ्ना सबै महत्त्वपूर्ण सम्पत्ति र महँगा मेशिनहरू आगलागी हुनुभन्दा एक हप्ता अगाडि नै गोप्य रूपमा बेचेकोप्रमाण भेटिएपछि सर्भेयर अर्जुनको शङ्काले बल पायो।

अनुसन्धानको गहिराइमा पुगेपछि वास्तविकता छर्लङ्ग भयो, यो भवितव्य वा दुर्घटना थिएन, करोडौं बीमा रकम हात पार्नका लागि आफैंले रचेको सुनियोजित नाटक पो रहेछ। जुन शोकको मुखौटो लगाएर शर्माजी समाज र बीमा कम्पनीलाई झुक्याइरहेका थिए, त्यस पछाडि लोभ र धोकाको नङग्रा लुकेको थियो। उनले ऋणबाट उम्किन आफ्नै सम्पत्ति जलाउने र त्यसलाई प्राकृतिक विपत्ति देखाएर दाबी लिने दुस्साहस गरेका रहेछन्।

अन्त्यमा, निर्दोष देखिने कारखाना मालिक नै मुख्य दोषी ठहर भए। उनको योजना विफल भयो र बीमा दाबी खारेज गरियो। छिटो धनी बन्ने सपना बोकेका शर्माजीलाई जेलको चिसो कोठा पर्खिरहेको थियो। यो घटनाले देखाउँछ कि कसरी केही मानिसको लोभले सिंगो विश्वास र प्रणालीलाई नै धरापमा पार्ने प्रयास गर्छ।

सत्य घटनाः

२०८१ साउन १६ गते बिहान २:१० बजे पोखरा महानगरपालिका–६ नारेश्वर चोकमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा पसलका साहूले नै आगो लगाएका थिए। उनले घाटामा चलेको व्यापार र ऋणबाट मुक्ति पाउने जुक्ति लगाउँदै साथीसँग मिलेर आफ्नै पसलमा आगो लगाए र बीमा कम्पनीसँग १ करोड रूपैयाँ क्षतिपूर्ती दाबी गरे।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले आगलागीबारे अनुसन्धान गर्दा शुरूवाती चरणमै आगलागी नियोजितरूपमा गरिएको पुष्टी भयो । प्रहरी अनुसन्धानका क्रममा पसलका सञ्चालकले अर्का एकजनाको सहयोगमा पसलभित्र प्रज्वलनशिल पदार्थ छर्किएर आगो लगाएको पुष्टी भएको थियो। यसको पुष्टी भएलगत्तै पसलका सञ्चालक सहित दुईजनालाई ठगीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया अघि बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS