IME Life New

बुवाले शेयर किनेर बिर्सिए, छोराले भेट्याए सर्टिफिकेट, एक लाखको लगानीले बनायो ८० करोडको मालिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भनिन्छ– भाग्यले कहिले कसैको ढोका ढकढक्याउँछ भनेर भन्न सकिँदैन। शेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ तर दीर्घकालीन रुपमा शेयर लगानीकर्ताका लागि लाभदायक सम्झौता साबित हुन सक्छ।

यस्तै घटना हालै प्रकाशमा आएको छ। एक व्यक्तिले अचानक घरमा सन् १९९५ मा किनेको शेयरको प्रमाणपत्र फेला पारे। यी कागजात ती व्यक्तिको बुवाले किनेको जीएसडब्ल्यू स्टिल कम्पनीको शेयरसँग सम्बन्धित छन्। जसमा भारु १ लाख लगानी गरिएको थियो। जुन अहिले लगभग भारु ८० करोड भएको छ। बुवाले किनेर बिर्सेको उक्त शेयरले तीे व्यक्ति क्षणभरमै करोडपति बनेका छन्। यो खबर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Esewa
Crest

बिजनेस टुडेमा प्रकाशित रिपोर्टअनुसार एक रेडिट प्रयोगकर्ताले अचानक करोडौँ रकम आफ्नो बुबाले ३० वर्षअघि किनेको जीएसडब्ल्यू स्टिलको शेयरको प्रमाणपत्र फेला पारेपछि विरासतमा पाए। यो शेयर ती व्यक्तिको बुवाले ९० को दशकमा किनेका थिए र भारु १ लाख लगानी गरेका थिए। त्यसपछि उनले बिर्सिए। अब ३ दशकअघि बुबाले गरेको यो लगानी शेयरको हालको मूल्य अनुसार बढेर लगभग भारु ८० करोड पुगेको छ।

एक शेयर बजार लगानीकर्ता सौरभ दत्तले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर (अहिले एक्स)मा यस विषयमा सम्बन्धित पोस्ट र तस्बिर शेअर गरेका छन्। यो पोस्ट बढ्दो रुपमा भाइरल भइरहेको छ र प्रयोगकर्ताहरुले यसमा टिप्पणी गरिरहेका छन्। एक एक्स प्रयोगकर्ताले दीर्घकालीन लगानीको फाइदामा ध्यान केन्द्रित गर्दै लेखेका छन्, ‘राम्रो व्यवसाय बेच्न हतार नगर्नुहोस्, यदि आधारभूत कुराहरु सही छन् भने समयलाई आफ्नो काम गर्न दिनुहोस्।’

जीएसडब्ल्यू शेयरसँग सम्बन्धित यो विषयले दीर्घकालीन लगानीको शक्ति प्रदर्शन गरेको छ। अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘अब उनी अवकाश लिन सक्छन् र शान्तिपूर्वक आफ्नो जीवन बिताउन सक्छन्।’

त्यसैमा अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘मानिसहरुलाई थाहा छैन कि समयसँगै स्टक विभाजन, बोनस र लाभांश कसरी थपिन्छ, यो साँच्चै जादुई छ।’

जीएसडब्ल्यू स्टिल भारतीय कम्पनी हो। यो कम्पनीे भारु. २.४६ लाख करोडको हो। हप्ताको पहिलो व्यापारिक दिन सोमबार कम्पनीको शेयर प्रतिकित्ता भारु. १००९.५० मा कारोबार भइरहेको छ। यो कम्पनीको शेयरले दीर्घकालीन लगानीकर्तालाई लामो अवधिमा ठूलो फाइदा दिएको छ।

विगत २० वर्षको तथ्यांक हेर्ने हो भने लगानीकर्ताले प्राप्त गरेको प्रतिफल २४८४.३४ प्रतिशत रहेको छ। जब कि पछिल्लो ५ वर्षमै यो कम्पनीको शेयरभाउ ४३३.६९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

68%
happy

खुसी

1%
sad

दु :खी

24%
amazed

अचम्मित

6%
excited

उत्साहित

1%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS