IME Life New

लापरबाही म्यानवापर दलालको, पीडित बने वैदेशिक रोजगारमा ज्यान गुमाएका श्रमिकको परिवार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीमा श्रम जनशक्ति पठाउने म्यानपावर दलालले पैसा लिएर पनि म्यादी बीमा नगरिंदा श्रमिकको परिवारको बिजोग भएको घटना प्रकाशमा आएको छ।

मलेशियामा मृत्यु भएका कामदार ध्रुवकुमार कटुवालको बीमा दाबीका लागि उनको परिवारजनले गरेको उजुरी सम्बन्धमा नेपाल बीमा प्राधिकरणले गरेको फैसलाको पूर्णपाठबाट यो तथ्य प्रकाशमा आएको हो।

Esewa
Crest

बीमा प्राधिकरणले वैदेशिक रोजगारीमा कामदार पठाउने मध्यस्थकर्ताको सेवा दिँदै आएका म्यानपावर कम्पनीले बीमाशुल्क भुक्तानी नगर्दा बीमालेख जारी नभएको कारण जनाउँदै बीमा कम्पनीले दाबी भुक्तानी दिनु नपर्ने फैसला गरेको छ। म्यानपावर दलालको लापरवाहीका कारण भएको यो घटनाले पीडित परिवार बीमावापतको सुविधाबाट वञ्चित हुन पुगेका छन्।

के थियो प्रकरण ?

माउन्ट कञ्चन इन्टरनेसनल प्रालि नामक म्यानपावर कम्पनीले आफ्नो एजेन्टमार्फत नेशनल लाइफ इ्न्सयोरेन्समा ध्रुवकुमार कटुवालको वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएको दाबी गरेको थियो। मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत कटुवालको २०७५ चैत १५ मा मृत्यु भएपछि म्यानपावर कम्पनीले बीमा दाबीका लागि प्राधिकरणमा उजुरी दिएको थियो। बीमक नेशनल लाइफले भने मृतकको नाममा कुनै पनि बीमाशुल्क प्राप्त नभएको र बीमालेख समेत जारी नभएको भन्दै दाबी भुक्तानी दिन इन्कार गरेको थियो।

प्राधिकरणको फैसलाका मुख्य आधार

प्राधिकरणले असार १ गते गरेको फैसलामा उजुरी खारेज गर्नुका पछाडि निम्न कानुनी र प्राविधिक आधार उल्लेख गरेको छः

१. बीमायोग्य हितको अभावः प्राधिकरणले मृतकको बीमा दाबी गर्ने हक निजको हकवाला वा परिवारमा मात्र हुने स्पष्ट पारेको छ। म्यानपावर कम्पनी (माउन्ट कञ्चन इन्टरनेसनल) मृतकको हकवाला वा आधिकारिक वारेश नभएकोले उसले दाबी गर्न पाउने कानूनी आधार नदेखिएको फैसलामा उल्लेख छ।

२. बीमाशुल्क भुक्तानीको प्रमाण नभएकोः बीमकले पेश गरेको बैंक स्टेटमेन्ट र सफ्टवेयर रेकर्डमा मृतकको नाममा बीमाशुल्क जम्मा भएको थिएन। साविक बीमा ऐन, २०४९ को दफा २७ अनुसार बीमकले बीमाशुल्क प्राप्त नगरेसम्म जोखिम स्वीकार गरेको मानिँदैन।

३. बीमालेख जारी नभएकोः श्रम स्वीकृति लिँदा पेश गरिएको विवरणमा स्टिकर नम्बर भए पनि बीमालेख नम्बर उल्लेख नभएको र कम्पनीबाट ‘बीमा प्रस्ताव मात्र’ मात्र तयार भएको तर बीमालेख जारी नभएको पाइएको थियो।

बीमाको सर्वमान्य सिद्धान्त र कानूनी प्रावधान मोजिम बीमा नै जारी नभएको अवस्थामा कम्पनीको दायीत्व सिर्जना नहुने भन्दै प्राधिकरणले उजुरी खारेज गरिदिएको हो ।

बीमा प्राधिकरणको सन्देश

यो फैसलाले वैदेशिक रोजगारमा जाने कामदारले बीमाशुल्क बुझाएर अनिवार्य रुपमा आधिकारिक बीमालेख हात पारेपछि मात्र प्रकृया अघि बढाउन सचेत गराएको छ। बीमालेख जारी भएको वा जानकारी पाएलगत्तै सम्बन्धित बीमकको वेबसाइटमा आफ्नो पासपोर्ट नम्बर प्रविष्ट गरेर बीमालेख जारी भए नभएको यकीन गर्नुपर्छ। बीमालेख भुक्तानी नगरी अभिकर्ताको भरमा पर्दा भविष्यमा दाबी पाउन कठिन हुने यसले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS