काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ मा दुई दर्जन कम्पनीले आइपीओ अनुमति पाएका छन्।
नेपाल धितोपत्र बोर्डले २४ वटा कम्पनीले आइपीओ निष्कासन गर्न अनुमति दिएको हो। अनुमति पाएका सबै कम्पनीले आइपीओ जारी गरिसकेका छन्। अधिकांशको आइपीओ नेप्सेमा सूचीकृत भएर कारोबारमा पनि आइसकेको छ।
अघिल्लो वर्ष २०८१।८२ मा धितोपत्र बोर्डले १५ वटा कम्पनीलाई आइपीओ अनुमति दिएको थियो। यस हिसाबले अघिल्लो वर्षको तुलनामा चालु वर्षमा ६० प्रतिशत बढी कम्पनीले आइपीओ अनुमति पाएका छन्।
चालु वर्षमा अनुमति पाउनेमा हाइड्रोपावर कम्पनी बढी छन्। धितोपत्र बोर्डले १५ वटा हाइड्रोपावरलाई आइपीओ अनुमति दिएको छ।
यसैगरी ७ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनी तथा एउटा विकास बैंक र एउटा होटलले आइपीओ जारी गर्न अनुमति पाएका छन्।
यी २४ वटै कम्पनीले १०० रुपैयाँ अंकित दरमा आइपीओ ल्याएका छन्। यी कम्पनीले सर्वसाधारणलाई ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता आइपीओ बिक्री गरेर ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रुपैयाँ पुँजी जुटाएका छन्।
यी हुन् यस वर्ष आइपीओ अनुमति पाएका कम्पनीहरु
ipo approved












