काठमाडौं । सन् २०२५ मा अस्ट्रेलियामा हुने चरम मौसमी घटनाहरुले करिब साढे २ अर्ब डलर (३.५ अर्ब अस्ट्रेलियन डलर)बराबरको बीमाकृत सम्पत्तिमा क्षति पुगेको छ।
अस्ट्रेलियाको बीमा परिषद्ले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार उक्त क्षति २ लाख ६४ हजार बीमा दाबीको हो। यही जनवरी २३ मा परिषद्ले एक विज्ञप्ति जारी गर्दै गत अक्टोबर र नोभेम्बको ५ हप्तामा आएको गम्भीर असिनापानीले कुल १.४ अर्ब अस्ट्रेलियाली डलरभन्दा बढीको क्षति पुर्याएको छ। गत वर्ष परिषद्ले ५ वटा घटनालाई गम्भीर वा खतरनाक घोषणा पनि गरेको थियो।
सन् २०२५ मा भएका ती गम्भीर वा खतरनाक घटनामा फेब्रुअरीमा उत्तरी क्विन्सल्यान्ड बाढी, मार्चमा पूर्वउष्णकटिबन्धीय चक्रवात अल्फ्रेड, मेमा मध्य उत्तरी तटीय बाढी र अक्टोबर तथा नोभेम्बरमा दुई गम्भीर आँधी घटना समावेश छन्। सन् २०२५ को सबैभन्दा महँगो घटना पूर्वउष्णकटिबन्धीय चक्रवात अल्फ्रेड थियो। जसले १ लाख ३२ हजार बीम दाबी र १.५ अर्ब अस्ट्रेलियाली डलरभन्दा बढीको बीमा गरिएको क्षति उत्पन्न गर्यो। अक्टोबर र नोभेम्बरमा असिनाले पनि यस्तै क्षतिका दाबीहरु उत्पन्न गराएको थियो।
अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरुसम्म दक्षिणपूर्वी क्वीन्सल्यान्ड र उत्तरी एनएसडब्ल्यूलाई असर गर्ने गम्भीर वसन्त आँधीबेहरीको परिणामस्वरुप ३५ हजार ५०० बीमा दाबी र ६० करोड १० लाख अस्ट्रेलियाली डलरको बीमा गरिएको क्षति भएको थियो।
नोभेम्बरको अन्त्यतिर थप गम्भीर आँधीबेहरी र असिनाले दुवै राज्यलाई असर गर्यो। जसको परिणामस्वरुप ७० हजार २०० बीमा दाबी र ८१ करोड ४० लाख स्ट्रेलियाली डलरको बीमा गरिएको क्षति भयो। दुबै घटनाबाट संयुक्त कुल १.४ अर्ब अस्ट्रेलियाली डलर थियो।
बीमा कम्पनीहरुले परिषदको तथ्यांकमा समावेश नगरिएका साना स्थानीय घटनाबाट बढी बीमा दाबी परेको अपेक्षा गरेका छन्। यसको अर्थ सन् २०२५ मा गम्भीर मौसम लागत बढ्नेछ। – एसिया इन्स्योरेन्स रिभ्यु












