IME Life New

जेनजीको आन्दोलनबारे पूर्वराजा ज्ञानेन्द्रको धारणा सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी आन्दोलन हिंसात्मक र घुसपैठ नहोस् भन्ने धारणा राखेका छन्।

पूर्वराजा शाहको संवाद सचिवालयले जारी विज्ञप्तिअनुसार पूर्वराजा शाहले पछिल्लो पुस्ता (जेनजी)को यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखेका छन्। ‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निक्लिन्छ भन्ने चाहना पनि उनको रहेको छ।

Esewa
Crest

जीनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवती भाद्र २३ गते काठमाडौंलगायत देशका धेरै जसो प्रमुख सहरहरुमा विरोध प्रदर्शनमार्फत पोखेको आक्रोश निश्चय पनि आमचासोको विषय बनेको विज्ञप्तिमा उल्लेख छ। ‘युवापुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यताविपरीत रहेको छ।’

घटनामा ज्यान गुमाएका ती होनहार आत्माप्रति पूर्वराजा शाहलगायत सम्पूर्ण परिवारबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ। यसका साथै समस्त घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

91%
happy

खुसी

2%
sad

दु :खी

1%
amazed

अचम्मित

2%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS