IME Life New

स्थापनाको १३ महिनामै एभरेष्ट भेन्चर्सको ७% लाभांश घोषणा, साधारणसभा आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थापनाको १३ महिनामै एभरेष्ट भेन्चर्सले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय हो। यो बोनस शेयर वितरणार्थ कम्पनीले करबापत लाग्ने ४ लाख ८७ हजार ९७४ रुपैयाँ नगद लाभांशका रुपमा छुट्याएको छ।

Esewa
Crest

लाभांश पारित गर्न कम्पनीले आउँदो मंसिर २० गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

कम्पनीले ४९ लाख रुपैयाँ कर्जा लिने र त्यसका लागि अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले कम्पनीको लेखापरीक्षण, जोखिम व्यवस्थापन समिति पुनर्गठन र लगानीका सम्बन्धमा लिइएको निर्णयहरु पनि अनुमोदन गर्नेछ।

चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS