IME Life New

क्षतिग्रस्त ‘हाइड्रोपावर’का लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दियो साढे ४२ करोड रुपैयाँ क्षतिपूर्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले पाँचथर पावर कम्पनीलाई ४२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति भुक्तानी गरेको छ। कम्पनीले पाँचथरमा सञ्चालन गरेको जलविद्युत परियोजनामा गत असोज महिनाको बाढीले क्षति पुर्याएको थियो।

पाँचथर पावरले पाँचथरको फालेलुङ गाउँपालिकामा १४.९ मेगावाट क्षमताको जलविद्युत परियोजना सञ्चालन गरिरहेको छ। बाढीका कारण आयोजनाको मूल संरचना नै बगाएर क्षतिग्रस्त बनाएपछि उत्पादन ठप्प हुन पुगेको थियो।

Esewa
Crest

गत असोज महिनाको बेमौसमी भीषण बाढीका कारण क्षतिग्रस्त बनेको थियो। इन्स्योरेन्सका अनुसार सम्पति क्षति र नाफा क्षय बीमाबापत कम्पनीलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको हो।

पाँचथर पावरले जलविद्युत परियोजनाको संरचनामा गरिएको लगानीको क्षति र विद्युत उत्पादन ठप्प हुँदा कम्पनीको आयमा हुने नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्समा बीमा गराएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

22%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS