IME Life New

एभरेष्ट कलरको शेयर शुक्रबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट कलरको शेयर भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

एभरेष्ट कलरको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यो कम्पनी शेयर भोलिबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा एभरेष्ट कलरको १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ७ लाख ९० हजार कित्ता (२६.३३ प्रतिशत) र संस्थापकको २२ लाख १० हजार कित्ता (७३.६७ प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले एभरेष्ट कलरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘ईसीएल’ पाएको छ।

अब भोलि शुक्रबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

एभरेष्ट कलरले गत जेठ २२ गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने असार ४ गते गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS