IME Life New

यूरोपमा अब स्मार्टफोनमा फेर्न मिल्ने ब्याट्री हाल्नुपर्ने नियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूएसबी-सी लाई साझा चार्जिङ मानक बनाएपछि युरोपेली संघले अब मोबाइल फोनको दुनियाँमा अर्को ठूलो परिवर्तन ल्याउन लागेको छ।

फेब्रुअरी १८, २०२७ देखि युरोपेली बजारमा बिक्री हुने सबै स्मार्टफोन र पोर्टेबल उपकरणहरूमा प्रयोगकर्ता आफैँले सजिलै निकाल्न र फेर्न मिल्ने ब्याट्री हुनुपर्ने नियम अनिवार्य गरिएको छ।

Esewa
Crest

यो नियम पालना गर्न एप्पल, सामसुङ, गुगल र शाओमी जस्ता दिग्गज कम्पनीहरूले आफ्ना आगामी मोडलहरूको डिजाइनमा व्यापक हेरफेर गर्नुपर्ने देखिन्छ। तर, यसको अर्थ पुरानो जमानाका प्लास्टिकको पछाडिको कभर भएका फोनहरू नै फर्कन्छन् भन्ने चाहिँ होइन।

अब, मोबाइल उत्पादक कम्पनीहरूले ब्याट्रीसम्म पुग्न उपकरण खोल्न सजिलो हुने,भित्री पार्टपुर्जाहरू टाँस्नका लागि टाँसिने पदार्थको प्रयोग कम गरिने,मर्मतका लागि सामान्य औजारहरूको प्रयोग गर्न सकिने सुविधामी जोड दिनुपर्नेछ। यसले ब्याट्री प्रतिस्थापन गर्ने लागत सस्तो हुने र फोनको टिकाउपना बढ्नेछ।

युरोपेली संघका अनुसार यसको मुख्य उद्देश्य विद्युतीय फोहोर  कम गर्नु, मर्मत कार्यलाई प्रोत्साहन दिनु र उपभोक्ताहरूलाई हरेक केही वर्षमा फोन फेर्नुको साटो पुरानै उपकरण लामो समयसम्म चलाउन मद्दत गर्नु हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS